Logo

बिभिन्न निबन्ध तथा चित्रकला प्रतियोगिताको साथमा नेपाल चेम्वर अफ कमर्सको ७० र्औ बार्षिकोत्सव मनाउदै


नेपाल चेम्वर अफ कमर्सको ७० र्औ वार्षिक उत्सवका आयोजित निबन्ध तथा चित्रकला प्रतियोगितामा सहभागीलाई पुरस्कार बितरण गरिएको छ ।

चेम्वर र नेपाल युथ चेम्बरको आयोजना भएको प्रतियोगिताका बिजयीहरुलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले पुरस्कार बितरण गर्नुभएको थियो ।

प्रतियोगीतामा चित्रकला बिधातर्फ सनम घो, बिवेक लामा, छोङ लामा, रुवी महर्जन, दिपेन्द्र अधिकारी र दिपक अधिकारी तथा निवन्ध प्रतियोगिता तर्फ ताशी शेर्षा र कृष्णभक्त ढंगोललाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक क्षेत्रीले कलाकारको हौसला बढाउन र समाजलाई अनुसासनतर्फ लैजान यस्ता प्रतियोगिता हुनुपर्ने बताउनुभयो ।

त्यस्तै चेम्वर अध्यक्ष श्रेष्ठले फरक ढंगले चेम्वरको बार्षिकोत्सव मनाउन निबन्ध तथा चित्रकला प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

चेम्वरले चेम्वर शिर्षकमा निबन्ध प्रतियोगिता आयोजना गरेको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्