Logo

बाणगंगामा तेस्रो नगरस्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु


स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ कपिलबस्तुको बाणगंगामा तेस्रो नगरस्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ ।

विहीबार एक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गर्दै बाणगंगा नगर प्रमुख मंगल प्रसाद थारुले खेलकुद स्वास्थ्यसँग पनि जोडिएकाले नगरपालिकाले खेलकुदलाई विशेष महत्व दिएको उल्लेख गर्नुभयो ।

यस्तै कार्यक्रममा नगर उपप्रमुुख चत्रपाणी अर्यालले बोल्दै खेलकुद राष्ट्को समृद्धिसंग जोडिएको भन्दै खेलकुदले देशको अर्थतन्त्रको पनि विकास गरेको बताउनुभयो ।

प्रतियोगितमा १५ विधाका ३६ इभेन्टहरु हुनेछन् । नगरपालिकाको अयोजना तथा जिल्ला खेलकुद विकास समितीको संयोजनमा सुरु भएको प्रतियोगिता १५ गते सम्म चल्ने छ ।

जनता मा वि पिपराको प्रांगणमा विहिबार देखि सुरु भएको प्रतियोगितामा २ सय वटा पदकका लागि प्रतिस्प्रर्धा हुनेछ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रमको अवसरमा विद्यार्थीहरुले सांस्कृतिक नृत्य समेत प्रदर्शन गरेका थिए । प्रतियोगिता तीन दिनसम्म चल्ने आयोजक बाणगंगा नगरपाालिकाले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्