Logo

मापदण्ड बिप’रित रहेको चमेना गृहलाई ५०–५० हजार जरिवाना गरिए


काठमाडौंका केहि सरकारी कार्यालय परिसरमा सञ्चालित चमेनागृह मापदण्ड बिपरित रहेको पाइएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालयले सरकारी कार्यालय परिसरमा सञ्चालित चमेनागृहको अनुगमन गर्दा मापदण्ड बिपरित पाइएपछि कारवाही गरिएको हो ।

प्रशासन कार्यालयले बिहीबार आफ्नै कार्यालयको चमेना गृह, काठमाडौं जिल्ला अदालतको चमेना गृह, काठमाडौं जिल्ला अदालत बार एशोसियसन र नेपाल टेलिकमको चमेना गृहको अनुगमन गरेको थियो, सो क्रममा काठमाडौं जिल्ला अदालत र काठमाडौं जिल्ला अदालत बार एशोसियसनको चमेना गृह मापदण्ड बिपरित रहेको पाइएपछि ५०–५० हजार जरिवाना गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै नेपाल टेलिकमको चमेना गृहलाई ५ हजार जरिवाना गरिएको प्रशासन कार्यालयका प्रशासकिय अधिकृत बिष्णुराज बेलवासेले जानकारी दिनुभयो ।

केहि चमेना गृह दर्ता बिना सञ्चालन भएको, खाद्यबस्तु गुणस्तर नभएको पाइएको उहाले बताउनुभयो । चमेना गृहका बारेमा मौखिक तथा लिखित उजुरी आएपछि अनुगमन गरिएको बताउनुभयो ।

अनुगमनका क्रममा खाद्य, बाणिज्य, घरेलु बिभागका साथै सुरक्षा निकायको पनि सहभागी गराइएको प्रशासन कार्यालयले जानकारी दिएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्