Logo

४–२ गोलको अन्तरले आरसीटीको सहज जित


राजधानीमा जारी सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम आरसीटीले सहज जित निकालेको छ ।

बिहीबार भएको खेलमा १० खेलाडीमा सिमित आरसीटीले नयाँबस्ती युवा क्लबलाई ४–२ गोल अन्तरले हराएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको छैटौं मिनेटमा अजित गुरुङले पेनाल्टीमा गोल गर्दै आरसीटीलाई अग्रता दिलाएका थिए ।

खेलको १९ औं मिनेटमा गणेश हमालले गोल गर्दै नयाँबस्तीलाई १–१ गोलको बराबरीमा फर्काए । खेलको ५० औं मिनेटमा सचु गुरुङले गोल गर्दै नयाँबस्तीलाई २–१ को अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको ६६ औं मिनेटमा सुरेन खवासले गोल गर्दै आरसीटीलाई २–२ को बराबरीमा ल्याए । ६८ औं मिनेटमा आशिष चापागाईले रातो कार्ड पाएपछि आरसीटी १० खेलाडीमा समेटियो ।

खेलको ८३ औं मिनेटमा विश्व थापाले गोल गर्दै आरसीटीलाई ३–२ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८५ औं मिनेटमा अजितले व्यक्तिगत दोस्रो गोल गर्दै आरसीटीलाई ४–२ को जित दिलाए ।

जितसँगै आरसीटीले ७ खेलमा ९ अंक जोडेको छ । नयाँबस्तीले ७ खेलमा ११ अंक जोडेको छ ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्