Logo

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको शिवलिंगलाई सुनको जलहरीले ढाकिए


पशुपतिनाथको मूल शिवलिंगको जलहरी फेरिएको छ । रणबहादुर शाहले चढाएको चाँदीको जलहरी विभिन्न ठाउँमा फुटेपछि हाल सुनको जलहरीबाट त्यसको प्रतिस्थापना गरिएको हो ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको शिवलिंगलाई सुनको जलहरीले ढाकिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपतिनाथमा सुनको नयाँ जलहरी राख्ने क्रममा भएको क्षमा पूजाको राष्ट्रपति भण्डारीबाट औपचारिक रुपमा समापन पनि गरिएको छ ।

कोषका सदस्य सचिव डा. प्रदीप ढकालले क्षमा पूजाको समापन तथा विशेष पूजा गरिएको जानकारी दिनुभयो ।

नयाँ जलहरी राख्ने क्रममा शिवलिङ्गलाई कुनै क्षति नभएको उहाले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चाँदीको जलारीमाथि सुनको नयाँ जलहरी राखिएको हो ।

१०८ किलोको जलहरी निर्माणका लागि कोषले राष्ट्र बैंकबाट १०४ किलो सुन किनेको हो । बाँकी चार किलो चाँदी तथा तामा मिसाइएको छ ।

जलहरीका लागि आवश्यक सुन खरिद गर्न प्रधानमन्त्री ओलीले गएको माघ १२ गते पशुपतिनाथको दर्शनका बेला घोषणा गरे अनुसार सरकारले ३० करोड रुपैयाँ दिएको हो । बाँकी ६० करोड रुपैयाँ कोषले खर्च गरेको हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्