Logo

शैक्षिक वातावरणको लागी खेलकुदको पनि उत्तिकै महत्व


विसन राई, खोटाङ
प्राणी जगतको ज्योति नै शिक्षा भएकाले, अन्य प्राणी भन्दा मानवमा शिक्षा भएकै कारण फरक भएको हो ।

यसकारण भौगोलिक रुपमा विकट मानिने खोटाङ जिल्लाको खोटेहाङ पालीका वडा नं.२ वाप्लुखामा शिक्षालाई मध्यनजर गर्दै महेन्द्रोदय माविको ५८ औं वार्षिक अवसरमा विभिन्न खेलहरु, हाजिरी जवाफ, स्मरण खेल, नृत्य र नाटक लगायतको विद्यार्थी तथा अभिभावकहरुलाई उत्साहमूलक कार्यक्रम सम्पन्न गरिएको वडा अध्यक्ष दिपेन थुलुङले बताए ।

उक्त कार्यक्रममा भलिवल तर्फ प्रथम पुरस्कार तथा प्रायोजन रु.११,०००। वडा कार्यालय २ वाप्लुखा, द्धितिय पुरस्कार रु.७,०००।

बुर्के देविखोला खानेपाली संस्था र सान्तना पुरस्कार रु.४,०००। जनज्योति क्लब बोम्लुङ, तथा एक एक थान भलिवल प्रायोजन गर्नुहुने अशोक खिम्दुङ र मिलन सेन्चुरीले प्रायोजन गर्नु भएको अध्यक्षले बताउनु भयो ।

फागुन ८ बाट शुरु भएको उक्त कार्यक्रम, फागुन ११ गते जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङको प्रमुखत आतिथ्यमा सम्पन्न भएको अध्यक्ष थुलुङले बताए ।

कार्यक्रममा राष्ट्रिय कलाकार हेमराज गन्दर्भको प्रस्तुतीले सबैमा जोश र खुशीको अनुभुती गराएको अध्यक्षले बताए ।

फोटोहरु:-

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्