Logo

प्रचण्ड–नेपााल पक्षमाा ५०–५० प्रतिशतका लडाई सुरु भइसकेको छ : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनस्र्थापना भए पनि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा युवा संघ नेपालको केन्द्रीय कमिटीको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष समेत रहेका ओलीले संसद् पुनस्र्थापनापछि प्रचण्ड–माधव प्रधानमन्त्री बन्न उत्तर र दक्षिण धाउने भन्दै प्रधानमन्त्री भने बन्न नसक्ने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपालले लडाइँ जिते पनि प्रधानमन्त्री माग्न आफैसँग आउनुपर्ने जिकिर पनि गर्नुभयो । त्यस्तै उहाले संसद् पुनःस्थापना भए के हुन्छ भन्ने अदालतलाई राम्रोसँग थाहा भएको उल्लेख गर्नुभयो ।

पुनस्र्थापना भयो भने देश अस्थिरतातिर जाने भन्दै उहाले अदालतले देशलाई अस्थिरतातिर लैजाने गरी निर्णय गर्छ आफूलाई नलागेको धारणा राख्नुभयो ।

प्रधानमन्त्री ओलीले नेकपाको आधिकारिकता र सूर्य चिन्ह पनि आफूहरुले नै पाउने दावी पनि गर्नुभयो ।

उहाले अहिले प्रचण्ड–नेपााल पक्षमाा ५०–५० प्रतिशतका लडाई सुरु भइसकेको र आफ्नो पार्टी भने भागवण्डाको रोगबाट मुक्त भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले तोकिएको समयमा नै निर्वाचन हुने दावी गर्दै त्यसको तयारी गर्न युवा संघलाई निर्देशन दिनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्