Logo

जनवर्गीय संगठनहरुले डम्फु बजाउँदै प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनविरुद्ध आफ्नै भाषामा नारावाजी


असवैधानिक रुपमा संसद बिघटन गरिएको भन्दै आन्दोलनरत नेकपा प्रचण्ड–नेपाल पक्ष निकट जनवर्गीय संगठनहरुले मंगलबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

मंगलबार काठमाडौंको रत्नपार्क शान्तिबाटिकामा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक र प्रतिगामी भएको भन्दै प्रदर्शन गरिएको हो ।

आदिवासी जनजाति महासंघ, अखिल नेपाल महिला संघ, मधेसी राष्ट्रिय मुक्ति मोर्चा, नेपाल लोकतान्त्रिक मधेसी संगठन, थारु राष्ट्रिय मुक्ति मोर्चा, नेपाल लोकतान्त्रिक थारु संघ र मुस्लिम संगठन नेपाल लगायतका संघ संगठनको आयोजनामा विरोध प्रदर्शन गरिएको हो ।

उनीहरुले डम्फु बजाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनविरुद्ध आफ्नै भाषामा नारावाजी पनि गरेका थिए ।

रत्नपार्कको शान्ति बाटिकाबाट सुरु भएर असन हुँदै वसन्तुपर पुगेर कोणसभा परिणत भएको थियो ।

गएको पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको प्रचण्ड–नेपाल पक्ष निरन्तर संघर्षमा छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्