Logo

गायक तथा संगीतकार कन्काइष्ट राईको ‘फाँटै भरी’ सार्वजनिक


सरिता तामाङ

काठमाडौं– गायक तथा संगीतकार कन्काइष्ट राईको आवाजमा रहेको नयाँ गीत ‘फाँटै भरी’को म्युजिक भिडियो सार्वजनिक  भएको छ।

प्रस्तुत गीतमा साहित्यकार वीरेन्द्र राईको शब्द, संगीतकार डक्टर किरांतको संगीत, लाहाङ सुब्बाको संगीत संयोजन रहेको छ ।

प्रकृतिसंग भएका नियमहरुलाई उजागर गर्न खोजिएको गीतलाई रोबर्ट लिम्बुले रेकर्डिङ गरेका हुन भने मिक्सिङ मास्टरिङ्ग मिन विष्टले गरेका हुन ।

प्राकृतिक मनोरम दृश्यहरुलाई समेटिएको भिडियोमा एकल रुपमा गायक स्वयम कै अभिनय देख्न सकिन्छ भने छांयाकन तथा कलरिङ्ग अनिल कटवाल तथा सम्पादन अरुण कट्वालको रहेको छ ।

गीतलाई सधैं झैँ माया गरिदिनु हुन साथै सल्लाह, सुझावहरु दिनुहुन सम्पूर्ण संगीतप्रेमी दर्शकश्रोता, सञ्चारमाध्यम तथा शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्छन् गायक कन्काईष्ट राई ।

भिडियोलाई गायक कन्काईष्ट राईको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्