Logo

कुनै पनि बेला अदालतबाट संविधान मिच्ने कदम सच्चिने : प्रचण्ड


नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले कुनै पनि बेला अदालतबाट संविधान मिच्ने कदम सच्चिने बताउनुभएको छ ।

अखिल नेपाल ट्रेड  युनियन महासंघद्वारा पार्टी कार्यालय पेरिसडाडामा मंगलबार आयोजित २० औं मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रम प्रचण्डले प्रतिनिधिसभा बिघटनसम्बन्धी मु’द्धामा बहस सकिएको जानकारी पाएको भन्दै संविधान मिच्ने कदम कुनैपनि बेला सच्चिन सक्ने बताउनुभएको हो ।

संविधानलाई मान्ने संवैधानिक अंग र निकायले संविधानको मर्म र भावना अनुसार काम गर्ने उहाले विश्वास व्यक्त गर्नुभयो ।

प्रचण्डले संसद पुनस्र्थापना भएपछि जनता र देशको आवश्यकता अनुसार संविधान संशोधन गरिने धारणा पनि राख्नुभयो ।

संविधान गतिशिल दस्तावेज भएकाले कुनै पनि बेला जनताको चाहना अनुसार परिमार्जन गर्न सकिने उहाको भनाई छ ।

अध्यक्ष प्रचण्डले हालको संविधान जनतामा निहित पहिलो संविधान भएको भन्दै ओलीको सरकारले संविधानको मूल मर्म र भावनामाथि नै प्रहार गरेको बताउनुभयो ।

उहाले असंवैधानिक कदमबिरुद्धको शान्तिपूर्ण यु’द्धमा आफुहरु रहेको र यसमा जनताको साथ र समर्थन मिलेको दावी गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले १० बर्षे जनयु’द्धमा ज्या’न गु’माएका मजदुर परिवारलाई सम्मान गर्नुभएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्