Logo

प्रचण्डद्वारा ‘जनयु’द्धको हस्ताक्षर’ नामक पुस्तक विमोचन


नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्धा हारिसकेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा विद्यार्थी नेता तिलक भण्डारीद्वारा लिखित ‘जनयु’द्धको हस्ताक्षर’ नामक पुस्तकको विमोचनमा उहाले अदालतप्रति विश्वास रहेको र जनताको पक्षमा आउने फैसलाको औपचारीक रुपमा घोषणा हुन मात्रै बाँकी रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अहिलेको मुद्दा हारिसकेको तर व्यवहारिक रूपमा परास्त गर्नका निम्ति पार्टीले आन्दोलन अगाडि बढाउनुपर्ने उहाको भनाई थियो ।

अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटनविरुद्ध पुस ५ देखि शान्तिपूर्ण यु’द्ध जारी रहेको रहेको बताउनुभयो ।

जनआन्दोलन र जनयु’द्धका उपलब्धि धराशायी हुने खतरा उत्पन्न भएकोले अहिलेको यु’द्ध जित्नुपर्ने उहाले बताउनुभयो ।

प्रचण्डले धेरै मेहनत गरेर पार्टी एकता गरे पनि प्रधानमन्त्री ओलीले विघटन र विसर्जतिर लैजान खोजेको आरोप पनि लगाउनुभयो ।

उहाले ओलीले ७० बर्ष लामो संघर्षले ल्याएको परिवर्तनलाई अप’हरण गर्न खोजेको टिप्पणी पनि गर्नुभयो ।

चुनवाङ बैठकबाट माओवादी शान्तिपूर्ण राजनीतिमा आएको भन्दै उहाले अहिलेपनि एक पक्ष जनयु’द्धमा भएको त्याग तपस्या बलिदानीलाई महत्व दिन नचाहेको बताउनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्