Logo

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको ६ किलोमिटर सुरुङमा पानी भरेर परीक्षण शुरु


राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको६ किलोमिटर सुरुङमा पानी भरेर परीक्षण शुरु गरिएको छ ।

खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले सोमबार सुरुङबाट पानी पठाएर परीक्षण सुरु गरेको हो ।

सिन्धुपाल्चोकको अम्वाथानमा खानेपानी मन्त्री मणि थापाले सुरुङमा पानी हालेर परीक्षण थालनी गर्नुभएको थियो ।

गत असारमा पनि सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो ।

त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चार जना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो ।

सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्ने मन्त्री थापाले जानकारी दिनुभयो ।

उहाले परिक्षणको चरण तीन महिना रहेको र परिक्षण सफल भएपछि मात्र उपत्यकावासीलाई पानी वितरण गर्ने बिषयमाा छलफल गरिने जानकारी दिनुभयो ।

परीक्षणमा केही अप्ठेरो स्थिति आइपरे तत्काल उद्धार गर्ने व्यवस्था मिलाउन हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ ।

मन्त्री थापाले सुरुङको सुरक्षाको सम्पूर्ण जाँच गराएर नै पानी पठाउन सुरु गरिएको बताउनुभयो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्