Logo

नेकपा प्रचण्ड–माधव नेपाल निकट अनेरास्ववियूले ओलीको पु’तला बनाएर जुत्ता प्र’हार


संसद बिघटन गरेर प्रधानमन्त्री ओलीले मुलुकलाई प्र’तिगमनतर्फ ढकेल्न खोजेको भन्दै चरणबद्ध आन्दोलनमा रहेका नेकपा प्रचण्ड–माधव नेपाल निकट अनेरास्ववियूले ओलीको पु’तला बनाएर जुत्ता प्र’हार गरेका छन् ।

सोमबार नारायणहिटी सङ्ग्रहालय अगाडि भेला भएका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीलाई ‘प्रतिगमन’को प्रतीक भन्दै ओलीको पु’तला बनाएर जुत्ता प्र’हारर गरेका हुन् ।

प्रतिनिधि सभा विघटन लगायतका कदम प्रतिगमनकारी भएकाले साङ्केतिक रुपमा प्रतिगमनकारीको पुतला बनाएर जुत्ता प्र’हार गरिएको उनीहरुले जनाएका छन् । त्यस क्रममा विद्यार्थीहरुले ‘प्रतिमगन मु’र्दावाद लगायतका नाराबाजी गरेका थिए ।

पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले संसद वि’घटन गरेपछि नेकपाको प्रचण्ड माधव पक्ष आ’न्दोलनमा उत्रिएको छ ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्