विवेकशील साझा पार्टीले फूलमाला सहित प्र’दर्शन
मुन्धुमस्टार
विवेकशील साझा पार्टीले फूलमाला सहित प्र’दर्शन गरेको छ ।
सोमबार संसद घिटन वि’रुद्ध विवेकशील पार्टीले माइतीघर मण्डलामा फूलमाला सहित प्र’दर्शन गरेको हो ।
नेपालको राष्ट्रिय गानमा भने झैँ सैयौं थुङ्गा फूलका माला स्वरूप रहेका नेपालीहरूमा निहित सार्वभौमसत्ताको उपयोग गर्दै जारी गरिएको संविधानलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कुल्चेको भन्दै आफुहरुले प्र’र्दशन गरेको विवेकशील पार्टीका नेता लक्ष्मण श्रेष्ठले बताउनुभयो ।
उहाले ठूलापार्टीहरुले आ’न्दोलनमा मानिसहरुलाई किनेर ल्याउनु भनेको मानव तस्करी भएको आरोप लगाउनुभयो ।
श्रेष्ठले संख्या भन्दा विचारमा राजनीतिक पार्टीहरुले बढावा दिनुपर्ने भन्दै पैसाको लोभ नदेखाउन आग्रह गर्नुभयो ।



