Logo

‘खुवालुङ’ फुटाउने र नदी क्लियर गर्ने – प्रधानमन्त्री ओली


शान्ती राई, काठमाण्डौ-प्रधानमन्त्री केपी शर्मा ओलीले भखरै बिराटनगरमा कार्यक्रम एक भाषण गरी भने सप्तकोशीको ढुंगोलाई क्रेन लगाएर फुटाउन लागेको बताएका छन् ।

त्यो किरातीहरुको मु’न्दुममा बारम्बार उच्चारण हुने ढुंगो ‘खुवालुङ’ हो ।

किरातीहरुको मु;न्दुमी शक्तीकेन्द्र सांस्कृतिक स्थल भोजपुर धनकुटा र उदयपुर जिल्लाको सिमानामा रहेको अरुण तमोर र दुधकोशीको संगम स्थल नै (खुवालुङ) हो ।

प्रधानमन्त्री ओलीले गत फागुन ८ गते नेकपा ओली समूहद्वारा विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्ने क्रममा खुवालुङलाई फुटाएर नदीको बाटो क्लियर भोजपुर १२ मिनेट पुर्‍याउने बताएका छन ।

भाषणमा प्रधानमन्त्री ओली भन्छन, ‘१२ मिनेट भोजपुर पुगिन्छ, त्यहाँ एउटा ढुङ्गा छ्, त्यसलाई क्रेन ल्याएर फुटाउने छौ । सप्तकोशीमा जेटबोट सञ्चालन गर्दा नदीको बिच भागमा रहेको उक्त ढुंगोले बाधा पुर्याएको छ ।’

हाम्रा उत्साही युवा कोशीमा जसरी काम गरी रहेकाछन, त्यसै गरी गण्डकीमा पनि गर्ने प्रधानमन्त्री ओलीले बताए ।

किरात समुदायका अगुवाहरुले खुवालुङ फुटाउन लागेको भन्दै सोको संरक्षणका लागि अभियान चलाइरहेका बेला सरकारको नेतृत्व गरी रहेको प्रधानमन्त्री ओलीले नै यस्तो भन्नु चि’न्ताजना रहेको कुरा एक अभियान्ताले बताए ।

अब हामी स’ङ्गर्ष गर्नु पर्ने बेला आएको छ, उठ्ने बेला यो नै समय रहेको बताए ।

किरातीहरुले सभ्यता, पहिचान, अस्तित्व जोगाऊन, सांस्कृतिक आ’न्दोलन निमित्त जाग्नु पर्ने तर्क समेत जोड दिए ।

खुवालुङलाई फुटाउन वा मास्न नदिने किरातजन्य संघसंस्थाका प्रतिनिधिहरु लागी परेको समेत एक अभियानताले बताए, केहि दिनमा नै सकारात्मक कुरा पनि आउन सक्छ, उनले थपे ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्