Logo

बुटवल उपमहानगरपालिकाले अव्यवस्थित र सुकुम्बासी समस्या समाधान गर्ने


बुटवल उपमहानगरपालिकाले अव्यवस्थित र सुकुम्बासी समस्या समाधान गर्न लगत संकलन र फाराम भर्ने समय फागुन १९ गतेसम्म भएको जानकारी दिएको छ ।

आइतबार भएको नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले उपमहानगरपालिकाका १९ वटै वडाहरुमा लगत संकलन र फाराम भर्ने कामलाई अगाडि बढाएको जानकारी दिनुभएको हो ।

अव्यवस्थित र सुकुम्बासी समस्या समाधान बसोबास गर्दै आएका नागरिकहरुको तथ्याङक संकलन गरी फारम भर्न ६२ जना गणक परिचालन गरिएको जानकारी दिनुभयो ।

हाल बुटवल उपमहानगरपालिकामा १७ हजार भन्दा बढी अव्यविस्थत बसोबासी रहेको नगरपालिकाको तथ्याङको उल्लेख छ ।

त्यस्तै बुटवल उपमहानगरपालिकाले चालू आर्थिक वर्षको माघ महिनामा मात्र २९ वटा योजनाहरु सम्पन्न गरेको छ भने ७१ वटा योजनाहरु कार्यान्वयनको चरणमा रहेको जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्