Logo

मातृ भाषामा भइरहेको आ’क्रमणलाई स्वीकार्न नसकिने : उपराष्ट्रपति पुन


उपराष्ट्रपति नन्द बहादुर पुनले नेपाल सांस्कृति विविधताले धनी देश भएको बताउनुभएको छ ।

आइतबार मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७७ मा सम्बोधन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल बहु सांस्कृतिक विविधताले भरिपूर्ण देश भएको बताउनुभएको हो ।

उहाले नेपालमा २०६८ को जनगणना अनुसार १२५ जाती र १२३ भाषा सूचीकृत भएको बताउनुभयो ।

उहाले सबै जाती र भाषाको उत्तीकै महत्व रहेको बताउदै सबैले आफ्नो भाषा र संस्कृति बचाउन जागरुक हुनुपर्ने बताउनुभयो ।

उपराष्ट्रपति पुनले मातृ भाषामा कलम चलाएका मानिसहरुलाई मौलिक भाषामा भइरहेको आ’क्रमणका बारेमा सोच्न आग्रह गर्नुभयो ।

उहाले आफ्नो मातृ भाषा बोल्नेमा कमि आइरहेको तर्फ संकेत गर्दै मातृ भाषामा भइरहेको आ’क्रमणलाई स्वीकार्न नसकिने बताउनुभयो । कार्यक्रममा विभिन्न भाषामा साहित्य प्रस्तुत गरिएका थिए ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्