Logo

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र जापानी राजदूत मासामिची साइगोबिच विदाई भेटवार्ता


राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले विदाई भेटवार्ता गर्नुभएको छ ।

राजदूत सइगोले आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कनुअघि बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बिदाइ भेट गर्नुभएको हो ।

सो क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मित्रता, समझदारी र द्विपक्षीय सहयोगको आधारमा अगाडि बढिरहेको बताउनुभयो ।

त्यस्तै जापान नेपालको साझेदारी राष्ट्र भएकाले दुईदेशबीचको सम्बन्ध थप प्रगाढ हुदै जाने उल्लेख गर्नुभयो ।

सो क्रममा जापानी राजदूत सइगोले नेपाल र जापान बीचको कुटनीतिक सम्बन्ध जनस्तरसम्म सुमधुर रहेको बताउनुभएको थियो ।

त्यस्तै आफ्नो कार्यकालमा नेपालका तीन मन्त्रीले भ्रमण गरेको जानकारी गराउँदै दुई देशका संसदबीच अनुभव आदान–प्रदान भइरहेको बताउनुभएको राष्ट्रियसभा अध्यक्ष तिमिल्सीनाले जानकारी दिनुभयो ।

अध्यक्ष तिमिल्सिनाले राजदूत साइगोलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकामा बधाई तथा धन्यवादसमेत ज्ञापन गर्नुभएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्