Logo

यसरी तयार गरियो- ‘ब्रह्माण्डीय बिचारधारा’ : गोपाल किराती


काठमाण्डौ-आत्मासंस्मरण गर्दा हामी चार-पाँच बर्षका थियौँ, घरको आंगनमा आमा परालको गुन्द्री बुन्दै थिइन् । हामिले प्रश्न गर्यौ,- ‘आमा म कहाँबाट आए ?’ आमाको जबाफ थियो – त आकाशबाट खस्दै थिईस, मैले नाङ्लोमा थापेर समाते ।’ हामीलाई निकै डर भयो, आकाशबाट खस्दा आमाले नसमातेकी भए !

कक्षा ५ मा ‘सामाजिक शिक्षा’ पढाउदै गुरुले भने- ‘बैज्ञानिक यूरी ग्रागीन अन्तरिक्ष यात्रा सफल गरेर पृथ्वीमा फर्के ।’ त्यस पुस्तकमा छापिएको सोभियत संघ र झण्डाको मानचित्र अद्यावधि दिमागमा सुरक्षित छ, मुख्य कुरा यूरी ग्रागिन! लाग्थो, अन्तरिक्ष भनेको हाम्रो आकाशभन्दा अझ ठूलो आकाश हो ।

भूमिगत आन्दोलनको समय समयमा ऐठन पर्थ्यो, शाही सेना र प्रहरीको घेराबन्दीमा आपत पर्दा प्राय: उड्न गरिन्थ्यो । बिपनामा सम्झेर आनन्द लाग्थो, त्यसरी उड्न पाए कस्तो होला भनी सोचिन्थो ।

खगोल बिज्ञानसम्बन्धी सिमित सामाग्रीको अध्ययन तथा बीबीसी नेपाली सेवाको ‘बिज्ञान कार्यक्रम’ नियमित सुन्ने गरिन्थ्यो । पार्टी कमरेडहरुसंग भेट्न घोर चिन्ताबीच कहिलेकाही हप्तौ पर्खनु पर्थ्यौ । त्यसबेला एकाग्र चिन्तन गर्दै, अन्तरिक्षमा बिचरण गर्दै जांदा पृथ्वी बाहिर जब आफू झुण्डिएको महसुस हुन्थ्यो, अचनाक झस्किईन्थो ।

भूमिगत जीबनमा यस्तो ‘चिन्तन सम्मोहन’ दर्जनौ पटक अनुभव गरियो । सन् २००६ को शान्ति सम्झौतायता दैनन्दिन पार्टी कामले एकाग्र चिन्तनको स्थिति रहेन । फेरि पनि अध्ययन र लेखन कार्य जारी राखियो । सन् २०१७ मा नब पार्टी पुनर्गठनमा लाग्यौ, सर्बप्रथम बिचार निर्माणमा केन्द्रित भयौं । यसरी तयार गरियो- ब्रह्माण्डीय बिचारधारा ।

कृती :         ‘ब्रह्माण्डीय बिचारधारा’ नयाँ कम्युनिस्ट अन्तरराष्ट्रियको प्रस्तावित आधार-पत्र

लेखक :       गोपाल किराती

प्रकाशक :  सर्बहारा प्रकाशन गृह, माझकिरात, नेपाल

मुल्य :         १००/-

(गोपाल किरातीद्वारा लिखित पुस्तक ‘ब्रह्माण्डीय बिचारधारा’ पुस्तकबाट । )

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्