Logo

राष्ट्रिय पत्रकारिता पुरस्कार पुष्पहरि क्याम्पा राईलाई


उपराष्ट्रपति नन्दबहादुर पुनले संसद विघटनले मुलुकलाई राजनीतिक सं’कटतर्फ ढकेलेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २६औं साधारणसभाको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले प्रतिनिधिसभा बिघटन असंवैधानिक भएको भन्दै यसले मुलुकलाई राजनीतिक सं’कटतर्फ ढकेलेको बताउनुभएको हो ।

प्रतिनिधिसभा बिघटनपछि गहिरिदो राजनीतिक सं’कटबाट जनतामा निराश र आ’क्रोश छाएको उहाले बताउनुभयो ।

उहाले संविधान कार्यान्वयनको प्रारम्भीक चरणमै प्रतिनिधिसभा भंग हुनु गलत भएको र यसले राजनीतिलाई सही दिशामा नलैजाने तर्क गर्नुभयो ।

उपराष्ट्रपति पुनले संसद विघटनपछि जनतामा व्यापक निराशासँगै आ’क्रोश बढेको भन्दै प्रधानमन्त्रीको गलत कदम सच्चिनुपर्ने धारणा राख्नुभयो ।

पत्रकार महासंघसँगै पूर्वप्रधानन्यायाधीशहरुले समेत संसद विघटन असंवैधानिक भनेको भन्दै उहाले मुलुकलाई राजनीतिक सं’कटबाट जोगाउन संसद पुनःस्थापना हुनुपर्ने जिकिर गर्नुभयो । उहाले संबिधानको संरक्षण र पालना सवै संघसंस्था र नागरिकको कर्तव्य भएको बताउनुभयो ।

त्यस्तै सञ्चारमन्त्री पार्वत गुरुङले प्रतिनिधिसभा बिघटन गरि ताजा जनादेशमा जाने निर्णयलाई जनताले स्वीकार गरिसकेको दावी गर्नुभयो । उहाले चूनावको बिकल्प नरहेको भन्दै तोकिएको समयमा निर्वाचन हुने जिकिर गर्नुभयो ।

कार्यक्रममा महासंघले एक लाख रासीको कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका पुर्वअध्यक्ष डाक्टर सुरेस आचार्यलाई प्रदान गर्ने गरेको छ ।

त्यस्तै ५० हजार रासीको गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका पुष्पहरि क्याम्पा राई र ५० हजार रासीको कृष्णसेन इन्छुक राष्ट्रिय पत्रकारिता पुरस्कार विनोद पहाडीलाई प्रदान गरिएको छ ।

१० हजार रासीको उमासिंह राष्ट्रिय पत्रकारिता पुरस्कार शिल्पा कर्ण र मन्दिरा थापालाई प्रदान गरिएको छ भने १० हजारकै गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार राम भरत शाह र मुना हमाललाई प्रदान गरिएको छ । त्यस्तै उत्कृष्ठ शाखालाई पनि सम्मान तथा पुरस्कृत गरिएको महासंघले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्