Logo

नेकपाकै कारण मुलुक सं’कटमा परेको हो : ज्ञानेन्द्र बहादुर कार्की


नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेकपाभित्रको शक्तिसंघर्षले मुलुक सं’कटमा परेको बताउनुभएको छ ।

इटहरीमा रहेर युवाहरुलाई रोजगारि दिदै आएको पाथीभरा एड्भटाईजिङ्ग तथा पाथिीभारा जव लिङकको सातौ वार्षिक उत्सवका अवसरमा इटहरीमा अयोजित कार्यक्रममा उहाले नेकपाकै कारण मुलुक सं’कटमा परेकाले सवै मिलेर सं’कटलाई पार लगाउनुपर्ने बताउनुभएको हो ।

उहाले सुखी र समृद्ध नेपाल बनाउन जनताले नेकपालाई बहुमत दिएपनि सदुपयोग हुन नसकेको धारणा राख्नुभयो ।

उहाले कांग्रेस जनताको साथमा रहेर मुलुकलाई जोगाउनेतर्फ अघि बढेको जिकिर गर्नुभयो ।

त्यस्तै उहाले रोजगारिको सिर्जना गर्ने कम्पनिहरु काठमाडौमा मात्र समित रहेको अवस्थामा पुर्व क्षेत्रलाई नै समेटेर स्थापना भएको रोजगारिमुलक सस्थाले देश बिकासमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

त्यस्तै उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले आगामि दिनमा यस जबलिङकले धेरै युवा युवतीलाई रोजगारिको बाटो देखाउदै लैजान आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल बिज्ञापन महासंघका महासचिव कृष्ण घिमिरे र नेपाल वोर्डकास्टिङका चन्द्र न्यौपाने, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पोडैल लगाएतको उपस्थिती रहेको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्