Logo

महिला लिग फुटबलमा शीर्ष स्थानमा एपीएफ क्लब


राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा शीर्ष स्थानको एपीएफ क्लबले कठिन जित निकालेको छ ।

सोमबार भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबमाथि २–१ गोलको संघर्षपूर्ण जित निकालेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा एपीएफलाई जित दिलाउन रबिना गोलेले एक गोल गरिन् । एपीएफले एक गोल आत्मघा’ती उपहार पाएको थियो ।

६९ औं मिनेटमा पुलिसकी कप्तान घिम कुमारी गुरुङले आत्मघाती गोल गरिन् । पुलिसका अमृता जैशीले एक गोल फर्काईन् ।

जितसँगै एपीएफले अपराजित यात्रा कायम राखेको छ । र, एपीएफ उपाधि नजिक समेत पुगेको छ । एपीएफले १० खेलमा ३० अंक जोडेको छ । पुलिसले १० खेलमा १४ अंक जोडेको छ ।

यस्तै सोमबार नै भएको अर्को खेलमा विराटनगर महानगरपालिकाले वालिङ नगरपालिकालाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नै भएको खेलमा विराटनगरले वालिङलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

विराटनगरको जितमा भारतीय खेलाडी आशा कुमारीले निर्णायक गोल गरिन् । जितसंगै विराटनगरले १६ अंक जोडेको छ ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्