Logo

सरकारले निर्धारण गरेको प्राथमिकता र मापदण्डका आधारमा खोप लगाउन आग्रह : स्वास्थ्यमन्त्री राउत


स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउतले बजेटको अभावमा कोभिड–१९ विरुद्धको खोप अभियान प्रभावित हुन नदिने स्पष्ट पार्नुभएको छ ।

सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको ’कोभिड १९ को महामारी र कोभिसिल्ड खोपको प्रभावकारिता’ विषयक अन्तरक्रियामा राज्यमन्त्री राउतले बजेट अभाव हुन नदिन अर्थ मन्त्रालय र अन्य निकायसँग समन्वय गर्न समेत तयार रहेको बताउनुभयो ।

उहाले सरकारले निर्धारण गरेको प्राथमिकता र मापदण्डका आधारमा खोप लगाउन आग्रह गर्नुभयो । कोभिसिल्ड खोपको गुण्स्तरीयता, भण्डारण गर्दा अपनाइएको मापदण्ड, उत्पादन क्षमता र न्यून आय भएकाले पनि खरीद गर्न सक्ने मुल्यको आधारमा नेपालमा मान्यता दिइएको उहाले बताउनुभयो ।

त्यस्तै उहाले कोरोना नियन्त्रणमा बर्तमान सरकारले उत्कृष्ठ काम गर्न सफल भएको दावी गर्नुभयो ।  कार्यक्रममा परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले कोभिसिल्ड खोप नेपाल सहित १६ वटा राष्ट्रमा प्रयोग भइरहेको भन्दै निर्धक्कका साथ खोप लगाउन सबैलाई आग्रह गर्नुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सलटेन्ट फिजिसियन डा अनुप बास्तोला सरकारले ५५ वर्ष माथि व्यक्ति र दीर्घ रोगीहरुलाई खोपको पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्