Logo

तामाङ महिलाहरुमा क्षमता विकास कार्यक्रम


निर्मला घलान– मकवानपुर। सरकारी तथा अन्तर्राष्ट्रिय कानुनहरुको बारेमा तामाङ महिलाहरुलाई लक्षित गरी अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

आदिवासी जनजाति महिला युवा संजालको संयोजन तथा स्थानिय आदिवासी तामाङ महिला समूहको सहकार्यमा उक्त तालिम सम्पन्न भएको स्थानिय निता घलानले बताइन् ।

तालिममा सरकारी स्रोतहरु, योजना निर्माण लगायत स्रोतमा पहुँच बारेमा क्षमता विकास गरिएको फोकल पर्सन निर्मला घलानले बताइन् ।

तामाङ महिलाहरुमा क्षमता विकास कार्यक्रम

साथै महिला अधिकार र आदिवासी महिलाहरुको अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय कानुनहरुको बारेमा क्षमता विकास तालिम संचालन गरिएको संजालको अध्यक्ष रिसा श्रेष्ठले बताइन् ।

संस्थाले आदिवासी समूदायहरुमा क्षमता विकास तथा विशेष गरी आदिवासी महिलाहरुलाई लक्षित गर्दै सचेतना तथा क्षमता विकास कार्यक्रम सम्पन्न गर्दै आएको अध्यक्ष श्रेष्ठले बताइन् ।

खासगरी हाल संजालले तामाङ, कुलुङ, नेवार, थामी, थारु लगायत आदिवासी महिला समूहहरुमा विभिन्न कार्यक्रमहरु संचालन भइरहेको अध्यक्ष श्रेष्ठले बताइन् ।

तामाङ महिलाहरुमा क्षमता विकास कार्यक्रम

जबसम्म आदिवासी महिलाहरुलाई नीति, स्रोतहरुको बारेमा चेतना हुन्न, तबसम्म उनीहरुले स्रोतमा दावी गर्न नसक्ने र ४० प्रतिशत संख्या रहेको आदिवासी समूदायहरुको विकास हुने सम्भावना नरहेकोले आदिवासी समूदाय भित्र पनि महिलाहरुको क्षमता विकास गर्न सकेमा मात्र समग्र आदिवासी समूदायहरुको विकास हुने हुनाले महिला लक्षित कार्यक्रमहरु संचालन गरिएको अध्यक्षले बताइन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्