Logo

भगिरथी भट्टको आमाको सुरक्षा र संरक्षणमा ध्यान दिन सरकारसँग अपिल : राष्ट्रिय महिला आयोग


राष्ट्रिय महिला आयोगले बैतडीकी १७ वर्षिया किशोरी भगिरथी भट्टको बला’त्कार गरि ह’त्यामा संलग्न अप’राधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन अपिल गरेको छ ।

शुक्रबार काठमडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले सरकारले घटनाको छानविनका लागि चालेका कदम सराहनिय रहेको बताउँदै पि’डित परिवारको सुरक्षा, संरक्षण र क्षतिपूर्तिका लािग सरकारसँग माग गरेको छ।

आयोगले मानसिकरुपमा वि’क्षिप्त रहेकी पी’डितकी आमाको सुरक्षा र संरक्षणमा विशेष ध्यान दिन आयेगले सरकारसँग अपिल गरेको छ।

उक्त घटना घटना अत्यन्त निन्दनीय, दुखद् भएको जनाउँदै घटनाको घोर भत्सर्ना गरेको आयोगकी प्रवक्ता शान्ता अधिकारीले बताउनुभयो ।

पत्रकार सम्मेलनमा आयोगकी अध्यक्ष कमला पराजुलीले महिला हिं’सा न्यूनिकरणमा आयोग दिर्घकालीन योजना बनाउन लागेको जानकारी दिनुभयो ।

बैतडी दोगडाकेदार ७ की भगिरथी भट्टको गत माघ २१ गते बला’त्कार पछि ह’त्या भएको थियो। स्कुल गएकी भट्ट माघ २१ गते दिउसोबाट हराएकी थिइन्।

उनको स’व भने २२ गते मृ’त अवस्थामा फेला परेको थियो। त्यसपछि २९ गते आएको पोष्टमार्टम रिपोर्टमा उनको बला’त्कार पछि ह’त्या भएको पुष्टि भएको थियो। प्रहरीले उक्त घटनामा अनुसन्धान जारी रहेका जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्