Logo

आयोगको निर्णय आएपछि प्रचण्ड समूहले बि’तण्डा मच्चाउ छ : कर्णबहादुर थापा


नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर थापाले निर्वाचन आयोगले केपी शर्मा ओली अध्यक्ष रहेको पार्टीलाई नै मान्यता दिने ठोकुवा गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै आयोगले कानुन अनुसार नै उक्त मान्यता दिने ठोकुवा गरेका हुन् । आयोगको निर्णय आएपछि प्रचण्ड समूहले बि’तण्डा मच्चाउने बताउनुभयो ।

उहाले प्रचण्ड र माधव नेपाल कि त पार्टीमा फर्कनुपर्ने कि त अर्को पार्टी खोल्नुपर्ने अवस्थामा पुग्ने बताउनुभयो । सर्वोच्च अदालत र निर्वाचन आयोगलाई कसैले धम्क्याउने या दबाब दिन नमिल्ने उहाले बताउनुभयो ।

बैतडीमा भागिरथी भट्टको बला’त्कारपछिको ह’त्याको भत्र्सना गर्दै दोषीलाई तत्काल पत्ता लगाई कानुन बमोजिम कारबाही गर्नुपर्ने उहाको भनाई छ ।

उहाले राष्ट्रपति विद्यादेवी भण्डारीको अपमान गर्ने गरी गालीगलौज गरेपछि राम कुमारी झाँक्रीलाई गि’रफ्तार गरिएको तर्क गर्नुभयो ।

साक्षात्कारमा नेकपा प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्य शेरबहादुर तामाङले संसदीय व्यवस्था अफापसिद्ध भइसकेकाले देशलाई नयाँ राजनीतिक प्रणालीमा लानुपर्ने बताउनुभयो ।

राजनीतिक व्यवस्थामा आमूल परिवर्तनको खाँचो औल्याउदै उहाले निर्वाचन एउटै खर्चमा हुनेगरी जानुपर्ने बताउनुभयो ।

काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनाव गरेर गल्ती सच्याउन आग्रह गर्नुभयो । प्रतिनिधि सभा पुर्नबहाली भएपनि काँग्रेस मान्न तयार रहेको उहाको भनाई छ ।

उहाले सरकारले चरित्रकै कारण अराजकता र अस्थिरता बढेको आरोप लगाउनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्