Logo

मुलुकका सवै क्षेत्रमा इन्टरनेट पुराउने कामलाई तिव्रता दिइने : सञ्चार मन्त्री गुरुङ


सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकका सवै क्षेत्रमा इन्टरनेट पुराउने कामलाई तिव्रता दिइने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा सञ्चारकर्मीसंगको छलफलका क्रममा उहाले निर्वाचनको तयारीसंगै क्षेत्रमा इन्टरनेट पुराउने कामलाई तिव्रता दिइने बताउनुभएको हो ।

उहाले हरेक क्षेत्रका नागरिकलाई सूचना र सम्पर्कबाट बिहीन नगर्ने अभियानमा मुलुक लागेको उल्लेख गर्नुभयो ।

त्यस्तै उहाले सडक र बिजुली पुगेको स्थानमा अप्टीकल फाइबर र भौगोलिक दुरदराजका क्षेत्रमा भिस्याट पुराउने जानकारी दिनुभयो ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सञ्चारक्षेत्रलाई मर्यादित बनाउने काम स्वयं सञ्चारजगतकै रहेको बताउनुभयो । उहाले पत्रकारलाई संविधानले दिएको अधिकार खोस्ने काममा कोहि पनि नलाग्ने प्रतिवद्धता जनाउनुभयो ।

त्यस्तै उहाले बिज्ञापन बोर्ड गठन भइसकेको अवस्थामा बिज्ञापनको क्षेत्रमा देखिएका कठिनाई अव क्रमश हट्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्