Logo

२६ औ जनयुद्ध दिवस नेकपा (माओवादी केन्द्र) निकट सँगठनले भब्य मनाउने


सरीता खड्का

काठमाण्डौ- नेकपा (माओवादी केन्द्र) पार्टी भातृ सँगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र देशभक्त जनसास्कृतिक  परिवारले रुपमा  संयुक्त आयोजना गरेको २६ औ जनयुद्ध दिवसको अवसरमा बृहत जनवादी सास्कृतिक कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रम यही फागुन १ गते दिर्घशान्ती टोल, ओमशान्ती चोक, नयाँबानेश्वर काठमाण्डौमा हुनेछ ।

जनवादी कलाकारहरु शम्भु राई, प्रदिप देवान, सुबोध गौतम, बन्दना तामाङ, रमण थामी, मिना राई छन । त्यस्तै गरी कार्यक्रम साहस राईले सन्चालन गर्दै जनवादी बिशेष नृत्य समेत देखाईने कुरा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) अध्यक्ष क. बन्दना तामाङले बताईन । साथै जनताको घर आगनमा कार्यक्रम गर्न लाग्दा धेरै खुशी समेत रहेको यस  मिडियलाई बताउदै साथमा सबैलाई कार्यक्रममा आउन समेत निम्तो दिईन ।

देशभक्त जनसास्कृतिक परिवारको संयोजक साहस राई भन्छन  ‘शान्ति प्रकृयामा आएपछि माओवादी पार्टी विभाजन भएर विभिन्न पार्टी बनेका छन, तर हामी नेकपा (माओवादी केन्द्र)ले बिशेष किसिमले मुख्य त जनयुद्धकै झल्को दिने गरी २६ औ जनयुद्ध दिवस मनाउछौ ।’

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा २६ वर्षअघि २०५२ साल फागुन १ गते महान् जनयुद्धको ऐतिहासिक पहल गरिएको थियो ।

सो जनयुद्ध नेपालमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गरी समाजवाद हुँदै साम्यवादमा जाने उद्देश्यमा आधारित थियो ।

दश वर्षसम्म सञ्चालित जनयु’द्ध नेपालको राष्ट्रिय राजनीतिका सबै क्षेत्रमा उथलपुथल पैदागर्दै तथा विश्वमा पनि आफ्नो प्रभाव फैलाउँदै एउटा उत्कर्षमा पुगेको थियो ।

विक्रम संवत २०५२ साल फागुन १ गते तत्कालिन वि’द्रोही नेकपा माओवादीले संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आ’क्रमण गरेर नेपालमा श’सस्त्र वि’द्रोहको शुरुवात गरेको थियो ।

२०६३ साल मंसीर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र वि’द्रोह औपचारिक रुपमा अन्त्य भएको थियो । श’सस्त्र वि’द्रोह शुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्