Logo

राष्ट्रपति र प्रधानमन्त्रीको दबा’बमा रामकुमारी झाक्रीलाई प’क्राउ


नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ रामकुमारी झाक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
उहालाई शंखमुलस्थित निवासबाटै पक्राउ गरेको हो । केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो ।

झाँक्रीलाई पक्राउ नगर्न उहाँको निवास अगाडि नाराबाजी भएको थियो । प्रहरीले उहालाई राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ को क’सुरको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको जनाएको छ ।

दफा ५८ मा राष्ट्रपति वा संसद्लाई ध’म्की दिन नहुने उल्लेख छ । पक्राउ पर्नुअघि उहाले त्यहाँ उपस्थित समर्थकलाई सम्बोधन गरेकी गर्नुभएको थियो ।

उहाले राष्ट्रपति र प्रधानमन्त्रीको दबाबमा आफूलाई पक्राउ गर्न प्रहरी खटाइएको बताउनुभयो ।

यसअघि ओली समूहको अखिल नेपाल महिला सङ्घले झाँक्रीलाई कारबाही गर्न माग गरेको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्