Logo

म’र्ने बेलामा कमिलाको प्वाँख पलाए झैं शासकले आफू ढल्ने बेलामा तमासा गरेको : रामकुमारी झाक्री


नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ रामकुमारी झाक्रीले आफूलाई गै’रकानुनी रूपमा पक्राउ गर्न खोजिएको बताउनुभएको छ ।

पक्राउ पर्नुअघि निवासमा सञ्चारकर्मीसंग उहाले राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन, अपमान र चरित्र ह’त्या गरेको भन्ने विषय राजनीतिक विषय भएको र कानुनी विषय नभएको समेत बताउनुभयो ।

उहाले मर्ने बेलामा कमिलाको प्वाँख पलाए झैं शासकले आफू ढल्ने बेलामा तमासा गर्ने गरेको धारणा राख्नुभयो ।

जनताको सर्वोच्च थलो प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति भण्डारी मतियार बनेको उहाको भनाई छ । उहाले जनताको वाक स्वतन्त्रतामाथि नै राज्यले हनन गर्न खोजेको बताउनुभयो ।

पक्राउ पुर्जी जारी भएपछि झाँक्रीको निवासमा नेकपा कार्यकताले राज्यविरुद्ध नारावाजी गरेका थिए भने प्रहरीलाइ निवास छिर्न दिएका थिएनन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा अभिव्यक्ति दिएपछि झाँक्रीलाई पक्राउ गर्न पुर्जी जारी गरिएको हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्