Logo

नेकपा प्रचण्ड–नेपाल पक्षले आउदो चुनाव खा’रेज गर्ने


नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले आगामी वैशाखका लागि सरकारले घोषणा गरेको चुनावले संविधान र लोकतन्त्रलाई ध्वंस पार्ने भएकोले आफूहरुको आ’न्दोलनले त्यसलाई खारेज गर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा बुधबार आयोजित विरोधसभामा सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले घोषणा गरेको वास्तविक चुनाव नभएकोले त्यसलाई प्रतिगमनविरुद्धको आ’न्दोलनले खारेज गर्ने बताउनुभयो ।

प्रतिगमनविरोधी आ’न्दोलनलाई सफल बनाएर छाड्ने उहाले बताउनुभयो । नेता श्रेष्ठले अहिले घोषणा गरिएको चुनाव संविधानलाई अपहरण गरेर, संविधानलाई घात गर्ने भएकोले आफूहरुलाई मान्य नहुने बताउनुभयो ।

त्यस्तै सो पक्षकी नेतृ रामकुमारी झाँक्रीले लामो संघर्षबाट प्राप्त उपलब्धिलाई च्युत गर्ने प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध बोल्न पाउनुपर्ने बताउनुभयो । झाँक्रीले निर्वाचनको प्रक्रियाबाट गएका पात्र निरंकुशताको साक्षी बसे त्यसविरुद्ध बोल्ने बताउनुभयो ।

नेतृ झाँक्रीले प्रधानमन्त्री ओली कागजको बादशाह भएको र उनी ढलिसकेको अन्तिम घोषणा गर्न मात्र बाँकी रहेको दाबी गर्नुभयो ।

सो पक्षका नेता जनार्दन शर्मा सक्षम नेतृत्वले मात्रै देश समृद्धितर्फ जाने बताउनुभयो । देश र जनताको उपलब्धिका लागि सक्षम नेतृत्व र संरचना चाहिने नेता शर्माले बताउनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्