Logo

ओली नेतृत्वको सरकारले संविधान संरक्षण गर्न सक्दैन् : आनन्दप्रसाद पोखरेल


नेकपा ओली पक्षका प्रभावशाली नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले सरकार र आफ्नो पार्टी चुनावको तयारीमा होमिईसकेकोले सबै दलले पनि चुनावको तयारी गर्नुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले निर्वाचनको तयारीस्वरुप आफ्नो दलले विभिन्न ठाउँमा कार्यक्रम गरिराखेको बताउनुभयो । प्रतिनिधिसभा पूनःस्थापना नहुने विश्वास व्यक्त गनुृभयो ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले संविधान संरक्षण गर्न सक्दैन्, संघीयता खारेज गर्छ भनेर प्रचार गरिएको उहाको भनाई छ । तोकिएकै मितिमा निर्वाचन हुने भन्दै निर्वाचनको विकल्प नभएको उहाको भनाई छ ।

साक्षात्कारमा नेकपा प्रचण्ड–नेपाल पक्षका नेता देव गुरुङ्गले प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रिय अस्मितामाथि गम्भीर आँच पुगेको टिप्पणी गर्नुभयो ।

ओलीको संसद विघटनको कदमले अस्थिरता बढ्दै जाने र त्यसले राष्ट्रको अस्मितामाथि गम्भीर संकेत पुग्नसक्ने खतरा रहेको उहाले बताउनुभयो ।

त्यस्तै काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले देशको सबैभन्दा ठुलो समस्या नै कम्युनिस्टहरु भएको आरोप लगाउनुभयो । जुन संसदबाट प्रधानमन्त्री बन्यो त्यही संसद विघटन गर्ने कार्य प्रधानमन्त्री केपी शर्मा ओलीले गरेर दुर्घटनामा देशलाई लगेको उहाले बताउनुभयो ।

त्यस्तै जनता समाजवादी पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक संसद विघटनविरुद्ध आगामी फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन गरिने बताउनुभयो ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको उहाले बताउनुभयो ।

नेता कर्णले प्रधानमन्त्री ओलीको प्रतिगमनको आफूहरुले सख्त विरोध गरेको धारणा राख्नुभयो । उहाले सभामुख अग्नि प्रसाद सापकोटा अदालत गएको विषयमा आफ्नो धारणा सकारात्मक रहेको बताउनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्