Logo

ओलीले आफु र प्रचण्डलाई सत्तामा जाने भर्याङमात्र बनाएको रहेछ : माधव कुमार नेपाल


नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले अहिलेको लडाई न्याय , संविधान र लोकतन्त्र रक्षाको लागि भएको बताउनुभएको छ ।
आइतबार असंवैधानिक संसद बिघटनका सन्दर्भमा ट्रेड युनियनको भूमिका बिषयक अन्तक्र्रियामा अध्यक्ष नेपालले अहिलेको लडाई कुर्सिको लागि नभएर न्याय, संविधान र लोकतन्त्र रक्षाको लागि भएको बताउनुभएको हो ।

उहाले अहिले केपी ओली माक्र्सवाद छाडेर अवसरवादतिर लागेको आरोप पनि लगाउनुभयो ।

उहाले मदन भन्डारीको नाम बेचेर ओलीले स्वार्थ लिईरहको तर्क गर्नुभयो । ओलीले आफु र प्रचण्डलाई सत्तामा जाने भर्याङमात्र बनाएको उहाको भनाई छ ।

उहाले पार्टीभित्र अल्पमतमा परेपछि आफ्नो पद जोगाउनका लागि संसद बिघटन गरेको बताउनुभयो ।

ओलीको कदमलाई जनताले पनि विस्वास र साथ पनि नदिएको भन्दै त्यसको ज्वलन्त उदाहरण दरवारमार्ग आमसभा रहेकोे बताउनुभयो ।

प्रतिगमनकारी कदमविरुद्ध अहिले आफूहरू आन्दोलनमा रहेको भन्दै उहाले प्रतिगमनकारी कदमलाई परास्त गरेरै जिकिर गर्नुभयो ।

अध्यक्ष नेपालले संसद बिघटनको बिषयमा संविधान अनुसार न्यायोचित फैसला गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपाका नेता घनश्याम भुसालले लोकतन्त्र स्थापित गर्नको लागि सबैभन्दा धेरै योगदान आफुहरुको नै रहेको बताउनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्