Logo

प्रधानमन्त्रीले समय नदिएपछि सिंहदरबार घेराउ


प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल पक्ष निकट अनेरास्ववियूले आइतबार सिंहदरबार घेराउ गरेका छन् ।

पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउने तयारी गरेका उनीहरुले प्रधानमन्त्रीले समय नदिएपछि सिंहदरबार नजिक हनुमानथानमा विरोधप्रर्दशन गर्दै सिंहदरबार घेराउ गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम चलाउ सरकारको संज्ञा दिँदै विज्ञप्ति प्रदर्शनसहित अनेरास्ववियूले तत्काल सरकारी पदबाट हट्न भन्‍दै सिंहदरबार घेराउ गरेका थिए ।

घेराउ कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सह–संयोजक रञ्जित तामाङले । केपी ओली काम चलाउ प्रधानमन्त्री भएकाले उनी आसेपासे र हनुमानहरुले घेरिएको अरोप लगाउनुभयो ।

ओली अहिले भ्रष्चाटारीबाट घेरीएको भन्दै विरोध पत्र बुझाउन लागे पनि प्रधानमन्त्रीले आफुहरुसंग भेट्ने आँट नगरेको उहाले बताउनुभयो ।

उहाले जनाताको कर खाएर पार्टीको कार्यक्रममा देश दौडाहा गर्ने मन्त्री तथा सरकारी नेताहरुलाई कारवाही गर्ने चेतावनी दिनुभयो ।

अखिलले ओली प्रधानमन्त्री बनाउने पार्टी , मतदान गर्ने जनता र प्रधानमन्त्री निर्वाचित गर्ने सार्वभौम संसदलाई छलेर प्रतिगमनतिर लागेको तर्क गरेको छ ।

सो संगठनले संविधानको सर्वोच्चता र लोकतन्त्रको चिरहरण गर्ने काम भएको भन्दै निरङ्कुस , अलोकतान्त्रिक , असंवैधानिक , पश्चगामी र सर्वसत्तावादी कदमवाट पछि हट्न सुझाव दिएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्