Logo

एकजना कोरोना सं’क्रमितको मृ’त्यु


सुर्खेता एकजना कोरोना संक्रमितको मृ’त्यु भएको छ। आइतबार बिहान साढे ४ बजे वीरेन्द्रनगर नगरपालिका–६ का ६१ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृ’त्यु भएको हो।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार उनलाई १५ गते कोरोना संक्रमण पुष्टी भएको थियो। १८ गते कर्णाली प्रदेश अस्पतालको आईसीयु कक्षमा भर्ना गरिएको थियो।

यसअघि पनि उनलाई उच्च रक्तचाप, मधुमेह तथा मुटु सम्बन्धी रोग रहेको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा नेपाली सेनाले उनको शव व्यवस्थापन गरिरहेको उनले जानकारी दिए। योसँगै कर्णाली प्रदेशमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ३१ पुगेको छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्