Logo

प्रतिनिधिसभा विघटन मुलुकलाई स्थिरतातर्फ लैजानका लागि चालिएको-अर्थमन्त्री पौडेल


काठमाण्डौ-नेकपा ओली पक्षका महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा विघटन मुलुकलाई स्थिरतातर्फ लैजानका लागि चालिएको कदम भएको बताउनुभएको छ ।

पेशागत महासङ्घ नेपालको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभा विघटन मुलुकलाई स्थिरतातर्फ लैजानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम भएको भन्दै जनताले पनि निर्वाचनमा जाने कदमको पक्षमा रहेको बताउनुभयो ।

उहाँले निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी गरिरहेको बताउनुभयो ।

मन्त्री पौडेलले ताजा जनादेशका लागि जनतामाझ जाने कुरा निरङ्कुश हुन नसक्ने स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री पौडेललेहरु निर्वाचनमा जान डराएको बताउनुभयो ।

उहाँले दुई तिहाइको आफ्नै सरकारलाई टिकाएर समाजिक न्याय, समानता र समाजवादको आधार निर्माण गर्ने अवसर पार्टीभित्रका केही नेताका कारण गुमेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा महासङ्घले २७५ सदस्यीय साताँै महाधिवेशन आयोजक कमिटी गठन गरिएको छ ।

कमिटीको संयोजकमा बाबुराम थापा र सहसंयोजकमा दयाराम बस्याल रहनुभएको छ ।

नवगठित आयोजक कमिटीका सदस्यलाई पार्टी महासचिव पौडेलले शपथ खुवाउनु भएको थियो ।

((

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्