Logo

बिभिन्न माग राख्दै काठमाडौं उपत्यकाका ट्याक्सी व्यवसायीहरुले प्रर्दशन गरे


काठमाण्डौ- बिभिन्न माग राख्दै काठमाडौं उपत्यकाका ट्याक्सी व्यवसायीहरुले प्रर्दशन गरेका छन् ।

शनिबार उनीहरुले आफ्ना ट्याक्सीसहित प्रदर्शन गरेका हुन् ।

ट्याक्सी व्यवसायीहरु काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्याक्सीसहित माइतीघरमा भेला भएका थिए ।

वैज्ञानिक भाडादर कायम गर्नुपर्ने, बन्द, हड्तालको नाममा ट्याक्सीसहित सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी बन्द गरिनुपर्नेलगायतका मागसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।

व्यवसायीहरुले ट्याक्सी क्षेत्रलाई धरासायी बनाउने काम नगर्न सरकारको ध्यानाकर्षण गराउन प्रर्दशन गरेको जनाएका छन् ।

प्रदर्शनमा सहभागी ट्याक्सीचालकहरुले ‘ट्याक्सी क्षेत्रलाई धरासायी बनाउने अवैध गतिविधि बन्द गर’, ‘राजनीतिक हस्तक्षेप बन्द गर’, ‘ट्याक्सी व्यवसासीको लगानी सुरक्षित गर’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्