Logo

आफूलाई गणतन्त्रविरो’धी भनेर प्रचार गरेकोमा असन्तुष्टि : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अशान्ति र हिं’साको भुमरीमा जान नदिने प्रतिबद्धता जनाउनुभएको छ । शुक्रबार नेकपा ओली समूहको वाग्मती प्रदेश कमिटीले काठमाडौंको दरबारमार्गस्थित नारायणहिटीअगाडि गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा फेरि कसैले अशान्ति र हिं’सा मच्चाउन नसक्ने बताउनुभयो ।

उहाले आफूलाई काम गर्न नदिएपछि ताजा जनादेशमा गएको दाबी गर्नुभयो । जनताले सरकारलाई पाँच वर्ष काम गर्ने म्यान्डेट दिएको भए पनि प्रचण्ड–नेपाल पक्षले व्यवधान गरेकाले संसद् विघटन गरी ताजा जनादेशमा गएको ओलीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकभरको कालोपत्रे सडक, चाँदनी–दोधारा सिँचाइ, डुबान नियन्त्रण, हुलाकी राजमार्ग, पूर्व–पश्चिम रेललगायत क्षेत्रमा सरकारले उच्च महत्वका साथ काम गरेको दावी गर्नुभयो । उहाले मुलुकमा शान्तिका लागि लड्ने जनताको सरकार रहेको बताउनुभयो ।

उहाले नेपाल बन्द गरेर तर्साउन खाजिएको भन्दै सभालाई रोक्न बाटोमा अवरोध सिर्जना गर्न खोजेको आरोप लगाउनुभयो । कोही पनि नाटकबाजको नाटकमा परेर देशलाई गलत बाटोमा जान दिन नहुने ओलीको भनाइ थियो । ओलीले आफूलाई गणतन्त्रविरो’धी भनेर प्रचार गरेकोमा असन्तुष्टि जनाउनुभयो ।

ओलीले दाहाल–नेपालले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई धम्की दिएको आरोप लगाउनुभयो । त्यस्तै ओलीले आफु नै आधिकारीक नेकपा भएको भन्दै भ्रममा नपार्न आग्रह गर्नुभयो । उहाले अहिलको प्रदर्शन कास्टङको रुपमा मात्रै रहेको भन्दै छिटै अर्को सभा गर्ने जानकारी दिनुभयो ।

त्यस्तै नेकपा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पाँच वर्षका लागि निर्वाचित प्रधानमन्त्रीलाई बीचमा धक्का दिएर निकाल्ने दु’ष्प्रयास भएको बताउनुभयो । आर्थिक विकास र समृद्धिको अभियानलाई निरन्तरता दिँदै संविधानको रक्षा तथा समृद्ध नेपाल सुखी नेपालीलाई साकार बनाउने उद्देश्यमा सरकार लागिपरेको उहाँले बताउनुभयो ।

सभालाई सम्वोधन गर्दै नेकपा ओली सचिवालय सदस्य नेता एवं गृहमन्त्री रामबहादुर थापाले प्रतिगामी अवसरवादी तत्वले नेतृत्वलाई विस्थापित गर्न सबै प्रकारका भ्रम र ष’ड्यन्त्रको सहारा लिइरहेको आरोप लगाउनुभयो ।

उहाले जनतालाई आन्दोलित गरेर मात्र संविधानको रक्षा गर्न सकिने जनाउँदै निर्वाचनका माध्यमबाट देशलाई समृद्धि र स्थायित्व दिइने तथा समाजवादका दिशामा मुलुकलाई अगाडि बढाइने बताउनुभयो ।

उहाँले अस्थिरता र अवसरवादको विरुद्ध तथा राष्ट्रिय स्वाधीनताका पक्षमा सबै एकजुट हुन आह्वान गर्नुभयो । सभा अघि बिभिन्न स्थानबाट निस्कीएको र्याली दरवारमार्गस्थीत सभास्थल पुगेको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्