Logo

एकपछि अर्को अधिनायकवादी चरित्र ओलीले देखाउन थाल्यो – नेता नेपाल


नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले एकपछि अर्को अधिनायकवादी चरित्र ओलीले देखाउन थालेको आरोप लगाउनुभएको छ ।

आमहड्तालको निरिक्षण गर्न काठमाडौंका बिभिन्न स्थानमा पुग्नुभएका अध्यक्ष नेपालले अहिलेका कामचलाउ प्रधानमन्त्री केपी ओली संविधान मिच्दै मिच्दै अघि बढेको र एकपछि अर्को अधिनायकवादी चरित्र देखा पर्न थालेको बताउनुभएको हो ।

नेपालले संवैधानिक आयोगका पदाधिकारीहरुको जबर्जस्ती शपथ गराइएको भन्दै आयोगमा गरिएको नियुक्ति प्रक्रिया नै गलत रहेको दाबी गर्नुभयो ।

अधिनायकवादको विरुद्धमा जनतालाई विरोध जनाउनुस् भनेर आमहड्ताल आह्वान गरेको उहाले बताउनुभयो ।

उहाले ओलीले प्रतिनिधिसभाको हत्या गर्ने प्रयास गरेको र संविधान कुल्चने काम गरेको जिकिर गर्नुभयो ।

उहाले शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट हस्तक्षेप भएको भन्दै आपत्ती जनाउनुभयो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्