Logo

बिहबिार देशव्यापी आ’महड्ता’ल घोषणा


प्रतिनिधिसभा बिघटन बिरुद्ध आ’न्दोलन गर्दै आएको नेकपा प्रचण्ड–नेपाल पक्षले बिहबिार देशव्यापी आ’महड्ता’लको घोषणा गरेको छ । पार्टी कार्यालय पेरिसडाडामाा बुधबार पत्रकार सम्मेलन गर्दै केन्द्रीय संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले बिहीबार आ’महड्ता’ल आह्वान गरिएको जानकारी दिनुभयो ।

भुसालले विद्यालय, कारखाना, सार्वजनिक क्षेत्र र यातायात पनि ठप्प पारिने बताउनुभयो । त्यस्तै यसअघि तय भएको परिक्षालाई भने नरोकिने उहाले जानकारी दिनुभयो । काम चलाउ बनिसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक नियुक्ति गरेको भन्दै देशव्यापी आ’महड्ता’लको घोषणा गरिएको उहाले जानकारी दिनुभयो ।

संबिधान मिच्दै संसद बिघटन गरेका प्रधानमन्त्रीले पछिल्लो समय थप संविधानमाथि प्रहार हुने काम गरेकाले कडा संघर्षमा जाने निर्णय भएको उहाले बताउनुभयो । पत्रकार सम्मेलनमा केन्द्रीय संघर्ष समितिका संयोजक एव नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार संविधान, कानुन र राजनीतिक संस्कृतिलाई उल्लंघन गर्दै देशमा गु’ण्डाराज र फा’सीवा’द लाद्न लागिपरेको आरोप लगाउनुयो ।

श्रेष्ठले सरकारको फा’सीवादविरु’द्ध सशक्त आ’न्दोलन गर्न आवश्यक रहेकाले बाध्यतावश आ’महड्ता’ल घोषणा गर्नुपरेको बताउनुभयो । आफूहरु शान्तिपूर्ण आ’न्दोलनको पक्षमा रहेको भन्दै प्रतिनिधि सभा विघटनविरुद्ध मुलुक आ’न्दोलनमा होमिएका बेला पुनः संवैधानिक नियुक्ति गरेर सरकारले संविधान र लोकतान्त्रमाथि प्रहार गरेको उहाले बताउनुभयो ।

श्रेष्ठले प्रधानमन्त्री ओली समूहको २३ गतेको आमसभासँग आफ्नो पार्टीले घोषणा गरेको आ’महड्ता’लको कुनै सम्बन्ध नभएको तर्क गर्नुभयो । उहाले संविधान बचाउन नेपाली जनताले सहयोग गर्ने अपेक्षा लिएको भन्दै आगामी माघ २८ गते तय भएको प्रदर्शन यथावत रहेको जानकारी दिनुभयो । श्रेष्ठले स्वेतपत्र जारी गर्ने विषयमा पनि पार्टीमा छलफल जारी रहेको भन्दै त्यसबारे चाडै निष्कर्षमा पुग्ने बताउनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्