Logo

कालो झन्डा देखाएर काठमाडौंमा चक्काजाम


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहनिकट विद्यार्थी संगठन अनेरास्ववियूले तेस्रो चरणको आ’न्दोलनअन्तर्गत बुधबार चक्काजाम गरेको छ ।

प्रतिनिधिसभा विघटनको कदमविरुद्ध बिद्यार्थीहरुले मुलुकभर चक्काजाम गरेको हो । बुधबार बिहान काठमाडौंको मीनभवन , प्रर्दशनीमार्ग लगातका स्थानमा चक्काजाम गरिएको हो ।

अनेरास्ववियूका विद्यार्थीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ना’राबाजी गरेका थिए । उनीहरुले कालो कपडा निधारमा बाँधेर कालो झन्डासमेत देखाएका थिए ।

सरकारको असंवैधानिक कदम नसच्चाएसम्म आ’न्दोलन गरिररहे उनीहरुले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्