Logo

क्रिकेट संघ र महानगरबीच सम्झौता पत्रमा हस्ताक्षर


नेपाल क्रिकेट संघ र काठमाडौं महानगरपालिकाबीच ’मेयर कप–२०७७’ क्रिकेट प्रतियोगिता(पुरुष) सञ्‍चालन गर्ने सम्झौता भएको छ । मंगलबार प्रतियोगिता सञ्चालन गर्न क्रिकेट संघ र महानगरबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको उपस्थीतिमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार नेपाल क्रिकेट संघले ‘काठमाडौं मेयर कप–२०७७’ प्रतियोगिता चैत मसान्तसम्म सञ्‍चालन गर्नेछ ।

प्रतियोगिता सञ्‍चालनको लागि महानगरपालिकाले ५० लाख रूपैयाँ अनुदान दिनेछ । सम्झौता कार्यक्रममा काठमाडौं महानगरका प्रमुख शाक्यले महानगरले खेल क्षेत्रको बिकासका लागि आवश्यक बजेट बढाइएको जानकारी दिनुभयो ।

अर्को बर्ष खेलकुदमा अझै बजेट बढाउने योजना रहेको उहाले बताउनुभयो । त्यस्तै संघका अध्यक्ष चन्दले स्तरीय क्रिकेट प्रतियोगिता गर्ने दावी गर्नुभयो । उहाले प्रतियोगिताबाट अन्तराष्ट्रिय प्रतियोगीतामा खेल्ने टीमलाई बलियो बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

प्रतियोगिता एक दिवसीय फर्म्याटमा सञ्‍चालन गरिने नेपाल क्रिकेट संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रतियोगिता कीर्तिपुरस्थित टियु मैदानमा हुने बताइएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्