गायिका अञ्जु पन्तले थीर कोइरालासँग विवाह गर्दै

गायिका अञ्जु पन्तले थीर कोइरालासँग विवाह गर्ने भएकी छिन्।
केहि दिन अघी केहि अनलाईन मिडियमा छोरिले कर गरेकोले बिहे गर्न लागेको कुरा सहित समचार आएको थियो ।
अञ्जु र थीर बीच एक कार्यक्रममा पहिलो चिनजान भएको थियो। लामो समयको प्रेम सम्बन्धपछि उनीहरु केही महिनामै वैवाहिक बन्धनमा बाँधिने भएका हुन्।
बिहे गर्ने सहमतिमा पुगे पनि मिति तय हुन भने बाँकी कुरा नजिक श्रोतले बताएको छ ।
थीर ‘इटहरी साप्ताहिक’का पूर्वसम्पादक समेत हुन ।
आजभन्दा ६ वर्षअघि थीर र अञ्जु पन्तको पहिलो भेट नेपाल टेलिभिजनको एउटा कार्यक्रममा भएको थियो।त्यसबेला थीर नेपाल टेलिभिजनमा ‘सर्वाङ्गिण संवाद’ कार्यक्रम चलाउँथे।