Logo

प्रचण्ड–नेपाल पक्षले निर्वाचन आयोगमा ऐनको दफा ४३ र ४४ अनुसार नै आफुहरुले दावी पेश गरेको जिकिर


नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल पक्षले निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका लागि दाबी पेश गरेको छ । मंगलबार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगमा पुगेर राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी पेश गरेको हो ।

सो पक्षले ४४१ केन्द्रीय सदस्यमध्ये बहुमत संख्या आफुहरुसंग रहेकाले आफुहरु नै आधिकारीक भएको दावी गरेको छ । निर्वाचन आयोगमा आधिकारिकता दाबीको पत्र बुझाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ नेता झलनाथ खनालले दल ऐन, तथ्य र प्रमाण हेरेर आयोगले आफूहरुलाई आधिकारिकता दिनेमा शतप्रतिशत विश्वस्त रहेको बताउनुभयो ।

ओली पक्षले आफूलाई आधिकारिक रहेको दाबी गर्न संविधानले छुट दिएको भए पनि तथ्य, प्रमाण र दल ऐनको व्यवस्था बमोजिम आफूहरुले नै आयोगबाट आधिकारिकता पाउने उहाले बताउनुभयो । दल ऐनमा टेकेर निर्वाचन आयोगले निरुपण गर्नुपर्ने बेला आएको उहाले बताउनुभयो ।

खनालले सुरुमा दुवै समूहले आ–आफू आधिकारिक रहेको दाबी गरे पनि यो विवाद निरुपणको समय बल्ल आइपुगेको तर्क गर्नुभयो । उहाले अध्यक्ष केपी ओलीलाई बिधानबमोजिम नै हटाइएको जानकारी पनि आयोगलाई गराइएको बताउनुभयो ।

त्यस्तै नेकपा सो पक्षका नेता राजेन्द्र पाण्डेले यसअघि दल अध्यावधिक भनिएपनि अव भने राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार नै आफुहरुले दावी पेश गरेको जानकारी दिनुभयो ।

उहाले सर्वोच्च अदालतले निर्वाचन प्रक्रिया रोक्न अन्तरिम आदेश नदिए पनि त्यहि विषयमा संसद पुनस्र्थापना हुने कि नहुने भनी अदालतमा बहस भइरहेको अवस्थामा रहेका कारण निर्वाचन प्रक्रिया अघि बढ्न नसक्ने बताउनुभयो । नेकपा आधिकारीकताका बिषयमा निर्वाचन आयोग अनिर्णिति भएपछि प्रचण्ड–नेपाल पक्षले आधिकारीकताका लागि दावी सहित पत्र दिएको हो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्