Logo

प्रचण्ड–नेपाल समूह आधिकारिकता दाबी पत्र बोकेर निर्वाचन आयोग जाँदै


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह पार्टी आधिकारिकता दाबीको पत्र बोकेर निर्वाचन आयोग जाँदै छ । आज उक्त पत्र आयोगमा बुझाउन जान लागेको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिए ।

यसअघि, सोमबार बसेको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले आधिकारिकता दाबी गर्दै आयोगलाई पत्र लेख्ने निर्णय गरेको थियो । प्रतिनिधिसभा विघटनपछि सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित छ ।

निर्वाचन आयोगले आधिकारिकता दाबीका लागि दुवै समूह प्रक्रियागत रूपमा नआएको बताउँदै आएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्