Logo

ओलीले बालुवाटार छाड्ने बेला आयो : प्रकाशमान सिंह


नेपाली कांग्रेसका १३ वटै भ्रातृ संस्थाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध संयुक्त वि’रोध प्रदर्शन मुलुकभर प्रदर्शन गरेका छन् । संसद बि’घटनविरु’द्ध कांग्रेस भातृ संगठनहरुले सोमबार देशका ७७ वटै जिल्लामा एकसाथ प्रदर्शन गरेका हुन् ।

संसद विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्र’ष्टाचार, कुशा’सन, कोभिडविरुद्धको संघर्षमा देखिएको अ’कर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासीनता लगायतका मु’द्दालाई अघि सारेर प्रदर्शन गरिएको कांग्रेसले जनाएको छ ।

यसैक्रममा नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघलगायतले काठमाडौंमा संयुक्त प्रदर्शन गरेको थियो । काठमाडौंको रत्नपार्कमा भएको सभामा कांग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीको असंवैधानिक कदमलाई सडकबाट प्ररास्त गर्नुपर्ने बताउनुभयो ।

उहाले संसद पुनस्र्थापना हुने भन्दै ओलीले बालुवाटार छाड्ने बेला आएको धारणा राख्नुभयो । पार्टीको झगडा नमिलाएर ओलीले संसद भंग गरेर जनताको म्यान्डेडलाई अपमान गरेको उहाल बताउनुभयो ।

प्रतिनिधिसभा विघटनविरुद्ध आ’न्दोलनका थप कार्यक्रम घोषणा गरेको कांग्रेसले सोमबार भातृ संगठनहरुले प्रदर्शन गरेका हुन् । त्यस्तै माघ ३० गते जिल्ला कार्यसमितिले जिल्लामा प्रदर्शन गर्ने तय भएको कांग्रेसले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्