Logo

नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अखिल भारत नेपाली एकता मन्चको अध्यक्षमा याम बहादुर बिक


पन्जाब, भारत-नेकपा (माओवादी केन्द्र)पार्टिको भातृ संगठन अखिल भारत नेपाली एकता मन्च (भारत) चन्डिगढ-पजाब-हिमाचल सयुक्त राज्य समिति अन्तर्गत याम बहादुर बिकको अध्यक्षतामा १५ सदसिय जिल्ला संगठन समिति गठन गरेको छ ।

नेकपा (माओवादी केन्द्र)पार्टिको भातृ संगठन अखिल भारत नेपाली एकता मंच (भारत) चन्डिगढ-पजाब-हिमाचल सयुक्त राज्य समिति अन्तर्गत पर्ने हिमाचल प्रदेशको परमाणु क्षेत्रमा रोजगारी गर्ने प्रवासी नेपालीहरुको एक भेला गरेको थियो ।

भेला यही जनुअरी २४ तारिक २०२१ मा गमन खत्रीको अध्यक्षता र केन्द्रीय आयोजक समितिका अध्यक्ष भोट बहादुर थापाको विषेश उपस्थितिमा सम्पन्न भएको थियो ।

गमन खत्री

भेलाले याम बहादुर बिकको अध्यक्षतामा १५ सदसिय जिल्ला संगठन समिति परमाणु गठन गरेको छ, जसमा अध्यक्ष याम बहादुर बिक, उपाध्यक्ष दुरुप, सचिव राम बहादुर, कोषाध्यक्ष सुरेश कुमार रहेको छन।

त्यस्तै गरी सदस्यहरुमा सुभाष, अनिल कुमार, सेर बहादुर, कमल बिक, गोपाल बिक, कूल बहादुर बिक, अमित बिक, बाबुराम बिक, भिम बहादुर बिक, बिमला परियार र मन्साराम परियार रहनुभएको छन ।

नेकपा (माओबादी केन्द्र) पार्टीका महासचिव राजन तिमल्सिना  भन्छन, “भखरै बिराटनगरमा आयोजित मजदूर-किसान-सुकुम्बासी जागरण अभियान गरेका छौ, देश बिदेशमा हामिले सर्बाहारा बर्गको सँगठन बिस्तार गर्दै नेकपा (माओबादी केन्द्र) पार्टी जनताको पार्टी बनाउने अभियान छौ । अखिल भारत नेपाली एकता मन्च (भारत) चन्डिगढ-पजाब-हिमाचल सयुक्त राज्य समिति गठन हुँदा खुशी लागेको छ ।”

 

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्