Logo

संविधान र संसदीय ऐनको मूल्य मान्यतालाई दलिय स्वार्थमा मुस्न हुन्न : गणेशप्रसाद तिमिल्सिना


राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक निकायमा पदपूर्ति सम्बन्धी सिफारिसको पत्र सभामुख अग्नी सापकोटाले फिर्ता गराएको भन्दै आ’पत्ती जनाउनुभएको छ ।

सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष तिमिल्सिनाले आफू समेत सहभागी भई निर्णय भएको संवैधानिक परिषदका सिफारिसहरु विधिसम्मत ढंगले संसदीय सुनुवाइ समितिलाई उपलब्ध गराइएको दावी गर्दै सभामुखले फिर्ता गरेकोप्रति आ’पत्ति र असहमति जनाउनुभएको हो ।

अध्यक्ष तिमिल्सिनाले अधिकारप्राप्त निकायबाट आएका कुनै पनि कागजात संघीय संसद्को दुवै सदनको सम्पत्ति भएको भन्दै पत्र फिर्ता सम्बन्धी ग’लत प्रक्रियामा संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा संलग्न नरहेको स्पष्ट पार्नुभयो ।

सिफारिस पत्रहरु नेपालको संविधान र संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५ वि’परित फिर्ता पठाइएको अरोप उहाले लगाउनुभयो । संसदीय सुनुवाईका लागि आएका सिफारिस फिर्ता गर्ने व्यवस्था र नजिर समेत नरहेको उहाले बताउनुभयो ।

उहाले संविधान र संसदीय ऐनको मूल्य मान्यतालाई दलिय स्वार्थमा मुस्न नहुने तर्क गर्नुभयो । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार परिषद्का कागजात सक्कलै फिर्ता पठाउनुभएको थियो ।

त्यसअघि संवैधानिक परिषद्ले संवैधानिक निकायहरुमा गरिएका विभिन्न ३८ नियुक्तिका लागि गरिएको सिफारिसको संसदीय सुनुवाईका लागि संसद सचिवालयलाई पत्राचार गरिएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्