Logo

नेतृ आङ सान सुकी प’क्राउ


म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुकीलाई सेनाले प’क्राउ गरको छ । सुकी प’क्राउ परेको खबर एनएडीका प्रवक्ता म्यो न्यूनले जानकारी गराएको बीबीसीले उल्लेख गरेको छ ।

प्रवक्ता म्यो न्यूनका अनुसार सूकीसँगै राष्ट्रपति वुइन मियन र अन्य नेताहरूलाई पनि सेनाले प’क्राउ गरेको छ । उनले आफू पनि प’क्राउ पर्ने आ’शंका व्यक्त गरेका छन् । राजधानी तथा र मुख्य सहरका गल्लीहरूमा सेनाको उपस्थिति बाक्लो रहेको छ ।

राजधानीमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको समाचारमा उल्लेख छ । गत नोभेम्बरमा भएको चुनावमा (एनएलडी)ले सरकार गठनका लागि संसद्मा बहुमत प्राप्त गरे पनि सेनाले भने चुनावमा धाँ’धली भएको आरोप लगाउँदै आएको थियो ।

सेनाले आज (सोमवार) हुन लागेको संसद् बैठकलाई पछि सार्न सरकारलाई द’बाब दिँदै आएको थियो ।

एजेन्सी

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्