Logo

जनताले चाहेको समृद्धि नेकपाले मात्रै ल्याउछ : गृहमन्त्री


गृहमन्त्री रामबहादुर थापा बादलले पार्टी छोडेर गएकाहरुलाई पार्टीभित्र आएर निर्वाचनमा भाग लिनका लागि आग्रह गर्नुभएको छ । चितवनको भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै गृमहन्त्री थापाले जनताले चाहेको समृद्धि नेकपाले मात्रै ल्याउने भन्दै सबैलाई नेकपाको झण्डामुनि गोलबद्ध हुनका लागि आग्रह गर्नुभएको हो ।

प्रचण्ड–नेपाल समूहले पार्टीभित्र फु’ट ल्याउने दु’स्साहस गरेका भन्दै थापाले त्यस्तो ग’म्भीर ग’ल्तीबाट पछि हट्न आग्रह गर्नुभयो । ग’ल्ती सबैबाट हुनसक्ने भन्दै गृहमन्त्री थापाले आफ्नो ग’ल्ती स्वीकार गर्नु नै बुद्धिमान हुने बताउनुभयो ।

चितवनको भरतपुरमा आयोजित सो जनसभालाई नेकपा प्रदेश २ का अध्यक्ष एवं शहरी विकास मन्त्री प्रभु साहले नेपाल समृद्धिको यात्रामा अगाडि दौडिएको बताउनुभयो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले नेपालमा सडक र पुलहरुको निर्माणले गति लिएको बताउनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्